एथ्लेटिक्सका दीपक र राजपुरा पछाई उत्कृष्ट खेलाडी घोषित

काठमाडौँ- एथ्लेटिक्सका दीपक अधिकारी र राजपुरा पछाईले आइतबार एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा वर्षको उत्कृष्ट खेलाडीको पुरस्कार जितेका छन् । त्रिभुवन आर्मी क्लबका धावक दीपक अधिकारीले वर्षको उत्कृष्ट पुरुष खेलाडी पुरस्कार जिते ।
गत वर्ष काठमाडौँमा भएको १६ औं एसियाली क्रसकन्ट्री प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा दीपकलाई नेपाल खेलकुद पत्रकार मञ्चले उत्कृष्ट पुरुष विधाको पुरस्कार प्रदान गरेको हो ।
क्रिकेटरद्वय राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र ओपनर आसिफ शेखलाई पछि पार्दै दीपकले उपाधि जितेका हुन् । उपाधिसँगै उनले पल्सर मोटरसाइकल प्राप्त गरे ।
एथलेटिक्सकी राजपुरा पछाईले उत्कृष्ट महिला खेलाडीको अवार्ड हात पारिन् । उनले मनोनयनको शीर्ष ३ मा परेका अनुशा मल्ल र पुष्पा भण्डारीलाई पछि पारिन् ।
पिपुल्स च्वाइसतर्फ टेबल टेनिस खेलाडी सिक्का सुवाल श्रेष्ठले जितिन् ।
२० औं संस्करणको अवार्डमा सिक्काले फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ढगुंन्ना र शारीरिक सुगठनकी रजनी श्रेष्ठलाई पछि पार्दै अवार्ड जितेकी हुन् ।
फेसबुक लाइकबाट २८, प्रशिक्षकको मतबाट २८, एनएसजेएफ मेम्बरकोतर्फबाट १८, इशेवाबाट ४५ प्रतिशत मत प्राप्त गरेकी थिइन् । समग्रमा उनको प्रतिशत ४४.८० रहेको एनएसजेएफले जनाएको छ । पिपुल्स च्वाइस अवार्ड विजेता सुवालले पल्सर बाइक प्राप्त गरिन् ।
एथलेटिक्सका चन्द्र गुरुङले वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारे ।
अवार्डको शीर्ष ३ मा परेका बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमाटालाई पछि पार्दै उनले अवार्ड हात पारे ।
उनी १६औं एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा नेपाललाई २ स्वर्णसहित ऐतिहासिक पदक दिलाउने प्रशिक्षक हुन् ।
खेल पत्रकार सुदर्शन रञ्जितलाई एनएसजेएफ स्पेसल अवार्ड २०७९ प्रदान गरिएको छ ।
अवार्ड समारोहमा पोखराका पत्रकार रञ्जितलाई सो अवार्ड प्रदान गरिएको हो ।
क्रिकेटर देव खनालले वर्षका उत्कृष्ट युवा खेलाडीको अवार्ड पाएका छन् ।
देव खनालले मनोनयनको शीर्ष ३ मा परेका एथलेटिक्सकी राममाया बुढा र बक्सिङकफी सुष्मा तामाङलाई पछि पार्दै अवार्ड हात पारेका हुन् ।
नेपालले ८ वर्षको खडेरी तोड्दै २०२४ को आईसीसी यू–१९ विश्वकप क्रिकेट छनोट गराउन उनले टिमको नेतृत्व गरेका थिए ।
पारा एथलिट अफ द इयरको अवार्ड मैयाँ विशुंखेलाई प्रदान गरियो । उनको जन्मिँदै दायाँ हातको आधा भाग थिएन । एथ्लेटिक्सकी अब्बल खेलाडी विशुंखेले २००६ मा राष्ट्रिय च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन् । उनले सन् २००९ मा जापानको युथ पारा गेम्स, २०१० को चीनको ग्वाङझाउमा भएको एसियाली पारा गेम्स र २०१२ मा लन्डन ओलम्पिक पारा गेम्समा उनले नेपालको प्रतिनिधित्व गरिन् ।
हङकङका चुइ चानले एसियन स्पोर्ट्स जर्नलिस्टको अवार्ड पाए ।
शारीरिक सुगठनका राजेन्द्रकुमार प्रधानलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड भारत्तोलनका पहिलो ओलम्पियन राजेन्द्र कुमार प्रधानलाई प्रदान गरियो । साढे ५ दशकको भारोत्तोलनको इतिहासको सम्मान गर्दै उनलाई प्रदान गरिएको हो ।

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

प्रतिक्रिया