व्यापार र उत्पादनमूलक कम्पनीका सेयरमा आकर्षण

काठमाडौं । सेयरबजार परिसूचक मंगलबार १८०० बिन्दू पार गरेको छ । सोमबार सामान्य करेक्सन भएको बजार आज पुनः २९.६८ अंक अर्थात् १.६७ अंकले बढेर १,८१०.११ अंकमा पुगेको छ ।
मंगलबार नेप्सेमा १९६ कम्पनीको ५ अर्ब ४४ करोड २९ लाख ५० हजार एक सय ८९ रुपैँया मूल्यका १ करोड १७ लाख ४८ हजार पाँच सय २० कित्ता सेयर ४९ हजार सात सय ८३ कारोबारमार्फत् किनबेच भएका छन् ।
‘क’ वर्गका कम्पनीहरुको सेयरको कारोबार जनाउने सूचक सेन्सेटिभ इन्डेक्स ४.४२ अंकले बढेर ३४९.३७ बिन्दूमा पुगेको छ ।
मंगलबार नेप्सेमा होटल उपसमूहबाहेक सबै उपसमूहका परिसूचक उकालो लागेका छन् ।
बढी कमाउनेमा बोटलर्स नेपाल (तराई) लिमिटेड रहेको छ । यसको सेयर मूल्य मंगलबार ९४५ रुपैँया अर्थात् ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै, हिमालयन डिस्टिलरी लिमिटेडको सेयर मूल्य मंगलबार ३११ रुपैँया अर्थात् ९.९८ प्रतिशतले बढेको छ । हिमालयन डिस्टिलरीका सञ्चालक विजय शाहलाई आन्तरिक राजस्व विभागले गत वर्ष सबैभन्दा बढी आयकर तिर्ने व्यक्ति घोषणा गरेपछि त्यसको प्रभाव उक्त कम्पनीको सेयर मूल्यमा पनि परेको छ । यसका अतिरिक्त विशाल बजार कम्पनी लिमिटेड, आँखु खोला जलविद्युत् कम्पनी लिमिटेड र मल्टिपर्पोज फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले कमाएका छन् ।
बैंक तथा वित्तिय संस्थाको प्रभुत्व रहेको नेपाली सेयर बजारमा वित्तिय संस्थाहरुको तुलनामा म्यानुफ्याक्चरिङ र प्रोडक्सन तथा ट्रेडिङ उपसमूहका कम्पनीहरुको सेयरमा लगानीकर्ताको चाप देखिन्छ ।

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

वीरगञ्जको गर्मीमा विद्युत कटौतीले सर्वसाधारण आजित

बजेटमा उल्लेख भएको ‘टेक एण्ड पे’को व्यवस्था सच्चिन्छः उर्जामन्त्री खड्का

सुनको मूल्य बढ्यो

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

प्रतिक्रिया