ओलीको प्रस्तावलाई इमान्दार एकताको प्रयत्न मान्न सकिँदैन : वामदेव गौतम

काठमाडौँ : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम पक्षले अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको पार्टीको एकताको प्रस्तावलाई इमान्दार एकताको प्रयत्न मान्न नसकिने बताएका छन् । पार्टी एकता राष्ट्रिय अभियानको संयोजकसमेत रहेका गौतमले आज बैठक बसेर यस्तो निष्कर्ष निस्किएको बताएका हुन् ।
‘जनवर्गीय संगठनहरुका संरचनाका सम्बन्धमा मूलभूत रुपमा भन्नुको अर्थ २०७५ जेठ ३ पूर्वको जस्ताको तस्तै अवस्थालाई अस्वीकार गर्न पनि सकिन्छ भन्ने हो, जसलाई इमान्दार एकताको प्रयत्न मान्न सकिन्न’ गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गौतमले प्रस्तावमा ओलीले आफ्नै प्रशंसा कुटिल चातुर्यता र जालझेल समेटिएको भाषा शैली प्रयोग भएको बताएका छन् । विज्ञप्तिमा २०७५ जेठ ३ गते पूर्वको अवस्थामा पार्टीलाई अघि बढाइने भनिएको विषय भने सकरात्मक रहेको उल्लेख गरेका छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया