एसीसी प्रिमियर कप : नेपालले भोलि माल्दिभ्सविरुद्ध खेल्दै

काठमाडौँ- मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले मंगलबार माल्दिभ्सविरुद्ध खेल्दैछ ।
समूह 'डी' मा रहेका नेपाल र माल्दिभ्सबीचको खेल बान्गीस्थित युकेएम-वाइयसडी क्रिकेट ओभलमा नेपाली समयअनुसार बिहान ११:१५ बजेबाट सुरु हुने तालिका रहेको छ ।
यसअघिका दुवै खेल जितेर क्वार्टरफाइनलमा स्थान सुरक्षित गरिसकेको नेपालले मंगलबारको खेलमा माल्दिभ्सलाई पराजित गर्दै समूह विजेता बन्ने योजनामा छ ।
यता माल्दिभ्स भने अघिल्ला दुवै खेल हार्दै समूह चरणबाटै बाहिरिसकेको छ । तर, समूह चरणको अन्तिम खेलमा भने नेपाललाई पराजित गरेर सान्त्वना जित हात पार्न चाहन्छ ।
नेपालले पहिलो खेलमा हङकङलाई ८ विकेट तथा दोस्रो खेलमा भुटानलाई पनि ८ विकेटले नै पराजित गरेको थियो ।
माल्दिभ्सले भने पहिलो खेलमा भुटानसँग ९४ रनको पराजय भोग्दा दोस्रो खेलमा हङकङसँग १ सय ७२ रनको पराजय बेहोरेको थियो ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया