नागदेवता भन्दै दैनिक सैयौं मानिसले पूजा गर्ने सर्प मृत फेला

रौतहट- रौतहटको फतुवा विजयपुर नगरपालिका-३ स्थित नाग देवता भनेर दैनिक सैयौं मानिसले पूजा गर्दै आएको सर्प मृत फेला परेको छ । तीन साता अघिदेखि फतुवा विजयपुर वडा ३ मेवा गाउँ र टेंग्राहाको बीचमा नाग ( सर्प ) देखिएको थियो । सोमबार बिहान एक जना स्थानीयले उक्त सर्पलाई मृत अवस्थामा फेला पारेका हुन् ।
स्थानीय महिलाहरूले मृत सर्पप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने मृत सर्पलाई हेर्नेको घुइँचो लागेको छ । उक्त स्थानमा दैनिक बिहानैदेखि नाग देवताको दर्शन गर्नेहरूको भीड लाग्ने तथा दैनिक सयौं मानिसले पूजासमेत गर्दै आएको स्थानीय वीरेन्द्र यादवले बताए ।
नहर छेउको खेतको दुलोबाट दैनिक बिहान १० बजे निस्केर अपरान्ह ३ बजेसम्म एउटै स्थानमा बस्ने गरेको गाउँलेले बताएका छन् । उक्त सर्पलाई विज्ञहरूले मोनोक्लड कोब्रा भनेका थिए ।
स्थानीयको अनुरोधमा केही दिनअघि त्यहाँ पुगेकी मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले उक्त स्थानमा नाग देवताको मन्दिर निर्माण गर्ने घोषणा गरेकी थिइन् ।
यस्तै नाग देवता भनेर मानिएको उक्त सर्प जस्तै केही समयअघि कटहरियामा पनि सर्प देखिएको थियो । उक्त सर्पलाई ब्लेक कोबरा भनिएको थियो ।
यसअघि जिल्लाको उत्तरी भेग गुजरा नगरपालिका अन्तर्गत जंगलमा नाग देवता देखिएको भन्दै दैनिक हजारौं मानिसको भीड लागेको थियो ।
गुजराका मेयर सन्तलाल चौधरीले नाग निस्कने स्थान पुलको छेउ जंगलमा मन्दिर निर्माणका लागि शिलान्यास गरेका थिए । शिलान्यासको केही दिनपछि उक्त स्थानमा एक महिनादेखि देखिँदै गरेको सर्प आउन छोडेपछि मन्दिर निर्माण हुनसकेन । न्युजकाराखाना

गौशालाका लागि १७ रोपनी जग्गा प्रदान

प्रधानमन्त्री रोजगार कार्यक्रमः बाँझो बारीमा आलुखेती

सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ?

मखनटोलमा लागेको आगो निभाइयो

‘नेपालमा कृषि बिमा’ सम्बन्धी पुस्तक बजारमा

ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु

तामाखानी उत्खननका लागि खोजतालस सुरु

प्रतिक्रिया