अनिल र भिमको शतकमा क्यानाडामाथि नेपालको शानदार जित

काठमाडौँ- घरेलु टोली नेपालले क्यानाडाविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज 'क्लिन स्विप' गरेको छ ।
कीर्तिपरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको अन्तिम खेलमा क्यानाडालाई ९ विकेटले पराजित गर्दै नेपालले सिरिज क्लिन स्विप गरेको हो । नेपालले यसअघिका दुवै खेल जितेको थियो ।
सोमबार नेपाललाई जित दिलाउन भिम सार्की र अनिल साहले शतक पूरा गरे । भिम र अनिल दुवैले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो शतक पूरा गरेका हुन् ।
जितका लागि चाहिएको २ सय ३३ रनको लक्ष्य नेपालले ४४ ओभर ३ बलमा १ विकेट गुमाएर पूरा गर्यो । नेपालका जितमा भिम सार्कीले १ सय २९ बलमा ११ चौका र १ छक्काको मदतमा १०१ रन बनाए । अनिल साहले १ सय १२ रन बनाउँदा १ सय २४ बलमा १२ चौका र १ छक्का हिर्काए ।
कुशल भुर्तेल १३ रनमा आउट भए । क्यानाडाका डिलोन हेयलाइगरले १ विकेट हात पारे ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानाडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३२ रन जोड्यो ।
क्यानाडाका लागि नवनित धलिवालले ५० रन, निखिल दत्तले ४५ रन, कप्तान साद बिन जाफरले ३१, हर्श ठाकरले २९ तथा श्रिमान्था विजेयेरत्नेले २२ रन बनाए ।
नेपालका लागि हेमन्त धामीले ३ विकेट, कुशल मल्लले २ तथा ललित राजवंशी र आकाश चन्दले १-१ विकेट हात पारे ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया