अरुण चौधरीलाई रिहा गरेका न्यायाधीशको मुगु सरुवा

काठमाडौँ- बाँसबारी छाला जुत्ता जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीन जनालाई हाजिर जमानीमा छाड्न आदेश दिने काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको मुगु सरुवा गरिएको छ ।
केही महिना अघिमात्र सरुवा भएर काठमाडौँ जिल्ला अदालत ल्याइएका आचार्यलाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले फेरि मुगु जिल्ला अदालत सरुवा गरेका हुन् ।
प्रहरीले अनुसन्धानका लागि चार दिन म्याद लिएकै बेला काठमाडौँ जिल्ला अदालतले फेरि दुई दिनमै चौधरीलाई जमानतमा छाड्न आदेश दिएको थियो । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि उक्त आदेशप्रति असन्तुष्ट रहँदै आएका थिए ।

कार्यक्रम व्यवस्थापन सङ्घको अध्यक्षमा राजेन्द्र लुइँटेल

चितवनको इच्छाकामनाका ४५ चेपाङ परिवारलाई घर

लहानमा श्रमिक महिलाका लागि भवन निर्माण सुरू

बहुसांस्कृतिक पार्कमा मगर समुदायको प्रतीक चिह्न खुर्पेटो (घोरप्याक) को प्रतिमा

फर्निचर उद्योगमा आगलागी

साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, भन्छिन्- ‘डाक्…

मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प

प्रतिक्रिया