सिराहा-धनुषा गेष्ट हाउसमा प्रमिला दमाईको हत्या गरेको अभियोगमा प्रेमी पक्राउ
लामो समयदेखिको प्रेम सम्बन्ध, विवाह गर्न भनेपछि प्रेमिकाको हत्या

काठमाडौँ- प्रहरीले काठमाडौँको विजय चोकस्थित सिराहा-धनुषा गेष्ट हाउसमा प्रमिला दमाईको हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार पत्रकार सम्मेलन गर्दै प्रमिला दमाईको हत्या गरेको अभियोगमा दोलखा बैतेश्वर घर भइ काठमाडौँ बस्ने कुमार श्रेष्ठलाई पक्राउ गरेको जनाएको हो । गत शनिबार होटलमा एक महिला मृत फेला परेको भन्ने जानकारी प्राप्त भएपछि प्रहरी वृत्त गौशाला र जिल्ला परिसर काठमाडौँको संयुक्त टोलीले अनुसन्धान गरेको थियो ।
मृतक प्रमिला दमाई होटलमा एक पुरुषसँग बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धान गर्दै जाँदा होटलमा संगै बस्ने व्यक्ति कुमार श्रेष्ठ रहेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्रबहादुर खत्रीले बताए ।
कुमार र प्रमिलाबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको र उक्त सम्बन्धका बारेमा दुवै परिवारलाई समेत जानकारी रहेको प्रहरीले जनाएको छ । प्रमिलाले कुमारलाई विवाह गर्न भने पनि नमानेको र त्यही विषयलाई लिएर पटक-पटक झगडा समेत हुने गरेको एसएसपी खत्रीले जानकारी दिए । त्यही विषयलाई लिएर प्रमिलाको घाँटीमा कसेर हत्या भएको अनुसन्धानबाट खुलेको उनले बताए ।
हत्या गरेर फरार भएका कुमार श्रेष्ठलाई काठमाडौँको बुद्धनगरबाट आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रतिवादीबाट घटना हुँदा लगाएको टिसर्ट च्यातिएको अवस्थामा बरामद गरिएको छ भने घटना हुँदा प्रयोग गरिएको भनिएको टिसर्ट सिसीटिभीबाट समेत पुष्टि भएको प्रहरीले जानकारी दिएको छ ।

तेस्रो पटक जिब्रो छेडेर महाद्विप बोक्दै टोलटोल घुमे बोडेका २८ वर्षीय सुजन

शिक्षकका समस्या वार्ताको माध्यमबाट यथाशीघ्र समाधान गर्न माग

नेपालमा ‘अन्तर्राष्ट्रिय वातावरणीय पेशाविद दिवस’ मनाइयो

ब्यूरोले एआईमार्फत सामाजिक सञ्जालबाट चरित्रहत्या गर्नेलाई सार्वजनिक कारबाही ग…

विमानस्थलबाट गाँजासहित एक पक्राउ

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस्

प्रतिक्रिया