कुमारी बैंकको २३औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ- कुमारी बैंक लिमिटेडको २३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सभा आइतबारका काठमाडौँको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ ।
सो सभाबाट सामान्य प्रस्तावको रूपमा पेस गरिएको आ.व. २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित भएको छ । त्यस्तै, लेखा परीक्षण प्रतिवेदनसहित आ.व. २०७९/८० आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आ.व.२०८०/८१ को लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरिएको छ ।
उक्त सम्पन्न साधारण सभामा भएको सञ्चालक चुनावमा संस्थापक शेयरधनी समूहबाट अमिर प्रताप जं.ब.राणा, कर्मचारी संचय कोषका प्रतिनिधि विजयकुमार श्रेष्ठ, पशुपति मुरारका तथा सर्वसाधारण शेयरधनी समूहबाट महेशप्रसाद पोखरेल, राजाराम खड्का, र सर्वसाधारण शेयरधनी समूह महिला तर्फबाट सिम्रन अग्रवाल निर्वाचित भएका छन् ।

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति सैलुनमा १० प्रतिशत छुट पाउने

सिद्घार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयरमा १० प्रतिशत सम्मको छुट

सानिमा बैंकको अन्तरबैंक टेलर क्युआर कारोबार सेवा सञ्चालन

एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा २० प्रतिशत छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच आँखा उपचारमा सहकार्य,…

प्रतिक्रिया