सुनको भाउ घट्याे, चाँदी स्थिर

काठमाडौं - नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ। चाँदीको भाउ भने स्थिर रहेको छ।
आज सुनको भाउ प्रति तोला ३०० रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रति तोला १ लाख १७ हजार ७०० रूपैयाँ र तेजाबी सुन प्रति तोला १ लाख १७ हजार १५० रूपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रति तोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रति तोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो। सोमबार भने सुनको कारोबार स्थिर रहेको थियो ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार प्रति तोला १३ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

नागरिक लगानी कोषले सिद्धार्थ बैंकको उपदान तथा अवकाश कोष सञ्चालन गर्ने

महेशपुर भन्सारबाट १६ करोड राजस्व सङ्कलन

आज १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

लाजिम्पाटको प्रफेक्ट कलेक्सन ९ औँ वर्षमा, जहाँ पाइन्छन् थरीथरीका आइटम लुगाहरू

नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३१ औं कार्गो दिवस मनाउँदै

आइक्यानबाट सिल्भर अवार्ड प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ

प्रतिक्रिया