महिला टी-ट्वान्टी अन्तर्राष्ट्रियमा रुविना क्षेत्रीको कीर्तिमानी शतक

काठमाडौँ- महिलाको टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि शतक पूरा गर्ने रुविना पहिलो खेलाडी बनेकी छन् ।
मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत रुविनाले माल्दिभ्सविरुद्ध शतक पूरा गरेकी हुन् ।
टी-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपाली महिला क्रिकेटरले शतक पूरा गरेको यो पहिलो पटक हो । रुविनाले माल्दिभ्सविरुद्ध ५९ बलमा अविजित रहँदै १० चौका र ५ छक्काको मदतमा १ सय १८ रन बनाइन् ।
उनको शतकसँगै नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २७ रन समेत बनायो । नेपालका लागि पूजा महतोले ५९ रन जोडिन् ।
अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली महिला खेलाडीले प्रहार गरेको यो नै पहिलो शतक पनि हो ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया