‘कुमारी गज्जब बचत खाता'मा उच्च ब्याजसहित स्वास्थ्य बीमा

काठमाडौँ- बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधासहितको परिमार्जित सुविधासहित कुमारी बैंकले 'कुमारी गज्जब बचत खाता' योजना सार्वजनिक गरेको छ । न्युनतम मौज्दात रु. एक हजार रहेको यस खातामा बैंकले उच्च ब्याजदर वार्षिक ६.०१ प्रतिशत प्रदान गर्नुका साथै रु. २० हजार सम्मको स्वास्थ्य बीमा सुविधा, निःशुल्क डेबिट कार्ड समेत उपलब्ध गराउने जनाएको छ ।
बीमा योजनामा १६ देखि ६५ वर्ष उमेर समुहका खातावालले रु. २० हजारसम्मको स्वास्थ्य बीमा प्राप्त गर्न सक्नेछन् । यस योजनाको बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ ।
बैंकले आफ्ना बचत खाताहरूमा थप परिमार्जन तथा अद्यावधिक गर्दै ग्राहक मैत्री तथा समय सान्दर्भिक बनाउदै जाने विश्वास लिएको जनाएको छ । दीगो आर्थिक विकासका लागि बचत परिचालन तथा स्वास्थ्य बीमा सुविधा आम मानव जीवनको महत्वपूर्ण दुई साधनका रुपमा विकसित हुँदै आएका छन् ।
कुमारी बैंकले यी दुई महत्वपूर्ण साधनहरूलाई एउटै योजनामा आवद्ध गरी आफ्ना ग्राहकहरू माझ प्रस्तुत गरेको छ । न्यूनतम मौज्दात, उच्च ब्याजदर र स्वास्थ्य बीमा सुविधा तथा निःशुल्क डेबिट कार्डसमेत उपलब्ध गराएको 'कुमारी गज्जब बचत खाता' नेपाली बैंकिङ्ग क्षेत्रमा उपलब्ध उत्कृष्ट बचत खाताहरूमा पर्ने बैंकले विश्वास लिएको जनाएको छ ।

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक

एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपे प्लस अन्तरदेशीय भुक्तानी सम्झौता

एभरेष्ट बैंकको १३३औँ शाखा मधेश प्रदेशको महोत्तरी जिल्ला अन्तर्गत बर्दिबासमा विस्…

गरिमा विकास बैंक एनपीएस नेसनल कार्ड स्विच तथा नेपाल कार्डमा आबद्ध

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया