प्रचण्ड र देउवा संक्रमणकालीन न्यायलाई टुंग्याउने पक्षमा नै छैनन् : ओली
'अहिले टाउकामा बम हान्ने र टाउकाको मूल्य तोक्ने दुवै सरकारमा छन्'

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायलाई पीडितमैत्री बनाएर टुङ्गो लगाउनुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौँमा मानवअधिकार रक्षकहरूको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष ओलीले पीडितलाई अन्याय हुने गरी संक्रमणकालीन न्यायको विषय टुङ्गिन नसक्ने बताएका हुन् । उनले माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा संक्रमणकालीन न्यायलाई टुंग्याउने पक्षमा नै नरहेको जिकिर गरे । त्यसकै परिणाम १८ वर्षसम्म त्यसलाई नटुंग्याएर पीडितमाथि अन्याय गरिएको उनले बताए ।
हिंसा मच्चाउनेहरू १८ वर्षअघि नै सत्तामा पुग्दा पनि पीडितले न्याय नपाएको भन्दै ओलीले अहिले टाउकामा बम हान्ने र टाउकाको मूल्य तोक्ने दुवै सरकारमा रहेको तर्क गरे । राजनीतिक हितका लागि अरू कुनै पनि मानवीय, संवैधानिक, कानुनी अधिकार उल्लङ्घन गर्ने एमालेको नीति नरहेको उनले प्रष्ट पारे । उनले एकताबद्ध भएर नेपाललाई शान्तिपूर्ण, विकासको बाटोमा मानव अधिकारसहितको राष्ट्रको रूपमा अघि बढाउनु पर्ने बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया