छायाँनाथ रारा नगरपालिकाको आफ्नै लोगो

मुगु- मुगुको एक मात्र छायाँनाथ रारा नगरपालिकाले आफ्नै पहिचान झल्किने लोगो निर्माण गरेको छ । स्थानीय सरकारले आफ्नै पहिचान झल्किने गरी प्रतीक चिह्न लोगो बनाउन पाउने व्यवस्थाअनुसार नगरपालिकाले आफ्नै पहिचान झल्किने प्रतीक चिह्न लोगो निर्माण गरेको हो ।
नगरपालिकाको पर्यटन, पहिचान ऐतिहासिक जनजीवन, भूगोल सांस्कृतिक पहिचान झल्किने गरी प्रतीक चिह्न लागो निर्माण गरेर सञ्चालनमा ल्याएको नगरपालिकाले जनाएको छ ।
नगरपालिका कार्यपालिकाको गत माघ २४ गते बसेको बैठकले स्थानीय सरकारले आफ्नै पहिचान झल्किने गरी प्रतीक चिह्न लोगो बनाउन पाउने व्यवस्थाअनुसार स्थानीय सरकार छायाँनाथ रारा नगरपालिकाले पनि आफ्नै पहिचान झल्किने लोगो निर्माण गरेको नगर प्रमुख बिष्णुकुमार भामले जानकारी दिए ।
उनका अनुसार बुधबारदेखि नेपाल सरकारको लोगो र स्थानीय सरकार छायाँनाथ रारा नगरपालिकाको लोगोसहितको लेटरहेड पनि सञ्चालनमा ल्याएको नगर प्रमुख भामको भनाइ छ ।

बालबालिकाको मोबाइल लत छुटाउने यी हुन् पाँच टिप्स्
आज साउन १ : कर्कट (साउने) सङ्क्रान्ति पर्व

आज यस्तो छ तपाईंको राशिफल

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा नेपालका किशोर श्रेष्ठ

कामपाको २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट पारित

स्कुटरको ठक्करबाट वृद्धको मृत्यु

महानगर यातायातले सुरु गर्यो विद्युतीय बस सेवा

प्रतिक्रिया