आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

टेलिचलचित्र ‘सक्किगोनी’ टीमले ‘लाज शरणम्’ निर्माण गर्ने

काठमाडौँ - सक्किगोनि टीमले नयाँ चलचित्र 'लाज शरणम्' निर्माण गर्ने भएको छ । सो टीमले वसन्त पञ्चमीकाे अवसरमा आज 'लाज शरणम्' काे नाम  सार्वजनिक गरेको हो । 

यसभित्र धेरै पक्ष रहेकाे निर्माण पक्षकाे दाबी छ । लाज शरणम्ले ती हरेक पक्षलाई सरल तर भावयुक्त, मनोरञ्जनात्मक तर सामाजिक रुपान्तरणका लागि गहिरो सन्देश दिने अपेक्षा गरिएको छ ।  

कलाकार कुमार कट्टेलले २०८१ बाट लाज शरणम्काे निर्माण सुरु गर्ने जानकारी दिए ।