बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

अर्केष्ट्रामा ८ वटा खलः पुचका १४ समूहबाट १५० कलाकारको प्रस्तुति हुने

काठमाडौँ - आउँदाे शनिबार (फागुन ५ गते ) जय बागेश्वरीमा ग्वलः अर्केष्ट्रा प्रस्तुति हुने भएको छ । काठमाडौँ महानगरपालिका तथा ग्वलः बाजँ खलःको संयुक्त आयोजनामा वडा नं. ८ को जयवागेश्वरी मन्दिर परिसरमा प्रस्तुति गर्न लागिएको हो ।

कार्यक्रम आयोजना हुने मन्दिर परिसरमा आज पत्रकार भेटघाट गर्दै महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नं. ८ का अध्यक्ष आशामान संगतले यस सम्बन्धमा जानकारी दिएका हुन् ।

अर्केष्ट्रा प्रस्तुतिमा महानगरपालिकाको पूर्वी क्षेत्रका ६ वटा वडा (वडा नं. १, ५, ६, ७, ८ र ३०) का परम्परागत बाद्य समूहको प्रस्तुति हुनेछ ।