भारतसँगको सीमा तत्काल खोल्न जसपाको माग

काठमाडौं : जनता समाजवादी पार्टी नेपालले भारतसँग सीमा जोडिएका नेपालका सबै नाका खोल्न माग गरेको छ। पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार विज्ञप्ति जारी गर्दै भारतसँग जोडिएका सीमा नाकालाई तत्काल खुला गरी व्यवस्थित र सहज गर्नु माग गरेका हुन्।
लामो समयदेखि सीमानाका बन्द गरिएका कारणले मुलुकको अर्थतन्त्र धराशयी हुनुको साथै सीमा क्षेत्र आसपासका बासिन्दाको जीवन कष्टकर भएको विज्ञप्तिमा उल्लेख छ।
‘जनताको जीवनलाई थप कष्टकर हुन नदिन सरकारले भारतसँग जोडिएका सीमा नाकालाई तत्काल खुला गरी व्यवस्थित एवं सहज गर्नु पर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
कोरोना जोखिम बढेसँगै चैत १० देखि सरकारले अन्तराष्ट्रिय सीमा नाका बन्द गरेको छ ।

उत्पादन र रोजगारी वृद्धि गर्नेगरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन

जनताले महसुस गर्ने गरि काम गरौं,प्रचारबाजीका लागि होइन : उपप्रधानमन्त्री सिंह

महावीर जयन्तीबाट सबैलाई प्रेरणा मिल्छ : राष्ट्रपति पौडेल
महावीरको जीवनले अहिंसा, सत्य, करुणा र समानताको सन्देश दिन्छ : उपराष्ट्रपति या…

सेवाग्राहीसँग असल व्यवहार, नम्र र शिष्ट रुपमा प्रस्तुत हुनुः गृहमन्त्री लेखक

कोशी प्रदेशको पर्यटन वर्षले मुलुकको अर्थतन्त्रमा थप टेवा पुग्ने

डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन

प्रतिक्रिया