माओवादीले पार्टीका सबै कमिटी प्रत्यक्ष निर्वाचनको विधिबाट गठन गर्ने

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) पार्टीका सबै कमिटी प्रत्यक्ष निर्वाचनको विधिबाट गठन गर्ने निर्णय गरेको छ ।
बिहीबार काठमाडौँमा सम्पन्न माओवादीको प्रथम विधान अधिवेशनले पार्टी अध्यक्षले प्रस्तुत गरेको विधान परिमार्जनसहित पारित गर्दै आगामी महाधिवेशनदेखि जनवादको आधारमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट समिति निर्माण गर्ने निर्णय गरेको हो । पदाधिकारी भने निर्वाचित कमिटीले चयन गर्ने निर्णय भएको छ । बैठकले आगामी अधिवेशनबाट १९९ सदस्यीय केन्द्रीय समिति बनाइने, ११ जनाको केन्द्रीय कार्यालय बनाउने निर्णय गरेको छ ।
बैठकले सबै जवसको सम्मेलन गर्ने र पुनर्गठन गर्ने निर्णय गरेको छ । बैठकले प्रत्येक दुई वर्षमा सदस्यता नवीकरण गरिने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले बताए । नाम र चुनाव चिह्नका विषयमा प्रश्न उठे पनि अहिले नै नाम र चुनाव चिह्न परिवर्तन गर्ने निर्णय नभएको उनले बताए ।
बैठकमा माओवादी अध्यक्ष प्रचण्डले विधान अधिवेशन अत्यन्त सभ्य भएको र यसले पार्टी निर्माण एवं विशेष महाधिवेशनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । उनले प्रदेशलाई बलियो बनाउने विषयलाई उच्च प्राथमिकतामा राख्ने गरी विधान बनाइने बताउँदै त्यसैले सङ्घीयता र समानुपातिक व्यवस्थालाई प्रभावकारी बनाइने अध्यक्षले जानकारी दिए । उनले मोर्चाहरूलाई वैचारिक तालिमसहित स्वायत्तता दिने र जनवर्गीय सङ्गठनलाई पनि विस्तार गरिने बताए ।
अध्यक्ष प्रचण्डले स्थायी समितिको बैठकबाट कार्यविभाजन गरेर जानकारी दिइने बताए । प्रचण्डले फागुन १ गते प्रस्तुत गर्नुभएको विधान मस्यौदामाथि २० समूहहरूबाट सुझाव सङ्कलन गरिएको थियो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया