दिल्लीको केमिकल गोदाममा आगलागी हुँदा सात जनाको मृत्यु

काठमाडौँ - भारतको एक केमिकल गोदाममा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । बिहीबार दिल्लीको अलिपुरमा रहेको केमिकल गोदाममा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ ।
आगलागीले नजिकैका पसल र घर जलेर नष्ट गरेको थियो । धुवाँको मुस्लो केही किलोमिटर टाढाबाट देखिन्थ्यो । करिब तीन घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो ।
त्यसपछि खोजी अभियानमा सातै जनाको शव निकालिएको थियो । भित्र फसेका बाँकी व्यक्तिहरूको खोजी कार्य जारी रहेको छ ।
आगो लागेपछि नजिकैका मानिसहरू भागेर ज्यान बचाउन पुगेका थिए । आगलागीको कारण अझै थाहा हुन सकेको छैन ।
बिहीबार साँझ करिब ५ः३० बजे अलिपुरको एच ब्लक दयाल मार्केटमा रहेको केमिकल गोदाममा आगलागी भएको जानकारी प्रहरी र दमकल विभागलाई प्राप्त भएको दमकलले जनाएको छ ।
घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा पुगेका २२ वटा दमकलको सहयोगमा तीन घण्टाभित्र आगो नियन्त्रणमा लिएका थिए ।

ट्रम्प प्रशासनको निर्णय : हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको प्रवेशमा प्रत…

चीन र फ्रान्सका कम्पनीबीच निष्पक्ष प्रतिस्पर्धा हुनुपर्छ : राष्ट्रपति म्याक्रोँ

म्यान्मामा ‘कू’विरोधी लडाकुको आक्रमणमा पूर्वजनरलको मृत्यु

गाजामा ९० ट्रकमा सहायता ट्रक पठाइयो : राष्ट्रससंघ
सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो

दक्षिण कोरियाः एक व्यक्तिद्वारा तीन प्रहरी अधिकारीमाथि छुरा प्रहार

चीनमा पहिरोमा परी चार जनाको मृत्यु

प्रतिक्रिया