बिचौलियाविरूध्द भ्रष्टाचार मुद्दा

काठमाडौं : आफू कर्मचारी भएको बताउँदै घूस लिएको अभियोगमा पक्राउ परेका विचौलिया मोहनलाल ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको छ । तिनले सेवाग्राहीसँग १० हजार रुपैयाँ घूस लिएको अवस्थमा नियन्त्रणमा परेका थिए ।
तिनले करदाता सेवा कार्यालय इलामको कर्मचारी बताउँदै फर्मको स्थायी लेखा नम्बर लिन दर्ता प्रक्रिया मिलाइदिने भनी सेवाग्राहीसँग घुस मागेको जिकीर आयोगको छ । विचौलिया ढकालले घूस लिएको प्रमाणित हुन आएको जनाउँदै मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
वन रक्षकमाथि भ्रष्टाचार मुद्दा
आयोगले मंगलबार वन रक्षकविरुद्ध १२ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा चलाएको छ । आयोगले सैनामैना सवडिभिजन वन कार्यालय, रूपन्देहीमा वन रक्षक प्रेमचन्द्र विश्वकर्मा घुस लिई भ्रष्टाचार गरेको अभियोगमा मंगलबार विशेष अदालतमा मुद्दा चलाएको हो ।
पुर्जीवाला चिरान काठ ओसार–पसार गर्न सहयोग गरेबापत सेवाग्राहीसँग घुुस लिएको अभियोगमा वन रक्षक विश्वकर्मा आयोगको नियन्त्रणमा परेका थिए । आयोगको अनुसन्धानलवे चिरान काठ ओसार–पसार गर्ने सहज गरेबापत घुस लिएको पुष्टि भएको दाबीसहित मुद्दा दायर गरेको हो । अदालतबाट भ्रष्टाचार गरेको प्रमाणित भएमा तीन महिना कैद र बिगो बमोजिम जरिवाना हुनेछ ।

एक करोड बढी राजस्व छलीको आरोपमा मुद्दा दायर

आफताब आलमले पाए सफाइ

तीनकुनै प्रकरण : १०८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले बुझायो प्रतिव…

बाँके मालपोतका खरिदारसहित तीन जना घुससहित पक्राउ

रबि र छबिको बहस सकियो, अब केही बेरमा आदेश आउँदै

राप्रपा युवा संगठनका अध्यक्ष केसी रिहा

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

प्रतिक्रिया