पुटिनको कट्टर आलोचकको नाभाल्नीको जेलमा मृत्यु

मस्को- जेलमा रहेका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्यु भएको छ ।
रूसको राज्य मिडियाले उग्रवादको आरोपमा १९ वर्षको जेल सजाय भोगिरहेको क्षेत्रको जेल सेवालाई उदृत गर्दै उनको मृत्यु भएको जनाएको छ ।
तर उनको टोलीबाट ४७ वर्षीयाको मृत्युको तत्काल पुष्टि भएको छैन । नाभाल्नीका प्रवक्ता किरा यार्मिशले भने कि उनका वकिल आर्कटिक सर्कलको उत्तरमा दुर्गम जेलमा रहेका थिए ।
रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको जेलमै मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका हुन् । कारागार सेवाले पुटिन आलोचक नाभाल्नीको दुर्गम जेलमा होस गुमाएको र उनको मृत्यु भएको जनाइएको छ ।
क्रेमलिनका दुश्मन मानिएको नाभाल्नी सम्पर्क हराएको सातापछि आर्कटिक जेलमा रहेको जनाइएको थियो । ‘मेरो चिन्ता नगर । म ठीक छु’ आर्कटिक जेलबाट क्रेमलिन आलोचक नाभाल्नीले भनेको केही दिन अघि सार्वजनिक भएको थियो ।

ट्रम्प प्रशासनको निर्णय : हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको प्रवेशमा प्रत…

चीन र फ्रान्सका कम्पनीबीच निष्पक्ष प्रतिस्पर्धा हुनुपर्छ : राष्ट्रपति म्याक्रोँ

म्यान्मामा ‘कू’विरोधी लडाकुको आक्रमणमा पूर्वजनरलको मृत्यु

गाजामा ९० ट्रकमा सहायता ट्रक पठाइयो : राष्ट्रससंघ
सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो

दक्षिण कोरियाः एक व्यक्तिद्वारा तीन प्रहरी अधिकारीमाथि छुरा प्रहार

चीनमा पहिरोमा परी चार जनाको मृत्यु

प्रतिक्रिया