गठबन्धन सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने अनेरास्ववियुको निर्णय

काठमाडौँ- नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले गठबन्धन सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।
फागुन २ देखि ४ गतेसम्म काठमाडौँमा बसेको तेस्रो केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियुले सरकारले विभिन्न प्रकरणमा संलग्नहरूलाई जोगाउने, माफियाहरूलाई पोस्ने काम गरेको भन्दै सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले शिक्षासम्बन्धी हकको पूर्ण कार्यान्वयनका लागि हाल संसदमा छलफलमा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयकलाई सुझावसहित पारित गर्न माग गरेको छ ।
संगठनले विधान बमोजिम केन्द्रीय कमिटीमा दश प्रतिशत मनोनीत गर्दा ३० वर्षसम्मको उमेर समूहको मापदण्डलाई कार्यान्वयन गर्ने निर्णय गरेको छ भने बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न र दोषीलाई कारबाही गर्न पनि माग गरिएको छ ।
पत्रकार सम्मेलनमा अनेरास्ववियुका अध्यक्ष समिक बडालले सरकार निकट विद्यार्थी संगठनहरुले कानून हातमा लिएर अराजकता मच्चाउँदा पनि सरकार मुकदर्शक बनेको आरोप लगाए । शिक्षा क्षेत्रमा प्रभावकारी भूमिका खेल्न सरकारको ध्यानाकर्षण गराउने र यसका लागि सडकमा जाने निर्णय भएको उनले बताए ।
त्यस्तै अनेरास्ववियुले अखिल पाठशाला कार्यक्रम सञ्चालन गर्ने, स्ववियु कप राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने, कर्णाली प्रदेश लगायतका दुर्गम क्षेत्रमा हवाई भाडामा ३३ प्रतिशत विद्यार्थी छुटका लागि सरकारलाई दबाब दिने लगायतका निर्णय गरेको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया