गठबन्धनका कारण कांग्रेसको भोट घट्दै गयो : शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धनका कारण कांग्रेसको भोटको प्रतिशत घट्दै गएको बताएका छन् ।
आइतबार महासमिति बैठकमा सहभागी हुन आएका सदस्यका निम्ति आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले अहिले सरकारमा सहभागी हुँदा रमाइरहे पनि यसका कारण कांग्रेसको भोटको प्रतिशत घट्दै गएको प्रति गम्भीर हुन नसकेको बताएका हुन् ।
देशैभर कांग्रेस कार्यकर्तामा गठबन्धनप्रति निराशा छाएको भन्दै महासमिति बैठकमा खुलेर यसबारे बहस गर्नुपर्ने उनले बताए । कोइरालाले अहिलेको निर्वाचन प्रणालीले कुनै पनि दललाई बहुमत दिन नसक्ने भएकाले निर्वाचन प्रणालीमा देखिएको समस्या समाधान गर्न कांग्रेसले पहल लिनुपर्ने धारणा राखे । निर्वाचन प्रणाली बदल्नका लागि अन्य दलहरूसँग छलफल गर्नुपर्ने उनको भनाइ छ ।
नेता कोइरालाले महासमितिको बैठकले १५ महाधिवेशनको सुनिश्चितता गर्नका लागि गम्भीर हुनुपर्ने बताए । महासमितिलगत्तै महाधिवेशनको तयारी गर्नुपर्ने उनको भनाइ छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया