आइतबार १५ असार, २०८२
Sunday, June 29, 2025

शेखर कोइरालाले सुदूरपश्चिमका जिल्ला सभापतिहरूसँग गरे छलफल

तस्विरः शेखर कोइरालाको सचिवालय

काठमाडौँ- नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले सुदूरपश्चिम प्रदेशका जिल्ला सभापतिहरूसँग छलफल गरेका छन् । कोइरालाको सचिवालय बालुवाटारमा भएको छलफलमा समसामयिक राजनीतिक घटनाक्रम, महासमिति बैठक लगायत विषयमा छलफल गरेको उनको सचिवालयले जानकारी दियो।

छलफलमा अछामका पुष्प शाह, कञ्चनपुरका पदम बोगटी, बैतडीका चतुर बहादुर चन्द, डडेलधुराका भीम साउद, बाजुराका रामसिंह रावल, बझाङका खड्ग बोहोरा, डोटीका नरेन्द्रसिंह थापा र युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू सहभागी थिए।

कोइराला महासमिति बैठकमा पार्टी उपसभापति तथा महामन्त्रीहरूले पेश गर्ने राजनीतिक दस्तावेजहरूसँग सन्तुष्ट छैनन्। कांग्रेसको महासमिति बैठक सोमबार (आज) देखि ललितपुरको गोदावरीमा सुरू हुँदैछ।