कामना बैंकमा भिडियो केवाइसीमार्फत् अनलाइन खाता खोल्न सकिने

काठमाडौँ- कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरूलाई अनलाइन माध्ययमबाट खाता खोली ग्राहक पहिचान विवरण (KYC) अध्यावधिक गर्ने मोड्युल सार्वजनिक गरेको छ । उक्त मोड्युल सार्वजनिक भएसँगै कामना सेवा विकास बैंकमा खाता खोल्नको लागि ग्राहक स्वयं उपस्थित हुनु पर्ने छैन ।
अनलाइन माध्ययमवाट खाता खोल्न सक्ने व्यवस्था यसअघि नै गरिएको भएता पनि ग्राहकले आफ्नो विवरण अद्यावधिक गर्नको लागि बैंकमा स्वयं उपस्थित नै हुनुपर्ने व्यवस्था थियो । उक्त प्रविधिलाई थप परिष्कृत बनाउदै ग्राहकहरूले अनलाइन खाता खोल्ने क्रममा बैंक प्रतिनिधीसँग आफुलाई पायक पर्ने समय तय गरेर वा अनलाइन खाता खोल्ने क्रममा माग गरिएका कागजात तथा अन्य आवश्यक विवरण रेकर्ड गरि आफ्नो ग्राहक पहिचान विवरण (KYC) अद्यावधिक गर्ने सकिने छ ।
यो सुविधा प्रयोग गर्न बैंकको डिजिटल प्लाटफर्म www.digiaccount.kamanasewabank.com मार्फत् खाता खोल्न र आफ्नो विवरण अद्यावधिक गर्न सकिने छ । बैंकले यो व्यवस्था ल्याएसंगै स्वदेश तथा विदेशमा रहेकाका महानुभावहरूले आफु अनुकुल विभिन्न प्रकारका खाता खोल्न सकिने भएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूले आफ्नो खाता खोलेर डिम्याट, मेरो सेयरलगायतका सुविधाहरू प्रयोग गर्न सकिने बैंकले जनाएको छ । बैंकले अनलाइन खाता खोल्ने प्रकृयाको विस्तृत विवरण समेत सार्वजनिक गरेको छ ।
उक्त भिडियो बैंकको वेभसाइट तथा अन्य सामाजिक सञ्जालमा राखिएको बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवे सुचारु

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_P8L1YBVFSU_gbs77wxy76bao6cehivnomiyqkliknmbakwqsrnragichvx0ss4zwlwuaadm.png)
कुमारी बैंकले ल्यायो 'टपअप र फोनपे डाइरेट गरौँ, बम्पर उपहार जितौँ' योजना

सबैभन्दा बढी कर तिर्ने नबिल बैंकलाई सम्मान

एनएमबि बैंकको सेयर बिक्रीमा
ग्लोबल आइएमई बैंकद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

प्रतिक्रिया