आँखा विशेषज्ञसँग आँखाको भाका

पोखरा- जलविन्दु रोगमा नेपालकै पहिलो विशेषज्ञ हुन् सुमन थापा । हालसम्म ६० हजार बढीको उपचार गरिसकेका सुमनको परिचय त्यति मात्र सीमित छैन । पढाइमार्फत डाक्टर बनेका सुमनको मन मुटुमा संगीत ताजै छ ।
सानैदेखि म्युजिसियन बन्ने लक्ष्य राखेका सुमन कलकत्तामा पिएचडी गरेका थिए । म्युजिसियन सिक्ने बाटोमा अघि बढेका सुमन साथीको लहलहीमा लागेर डाक्टर पढेको बताउँछन् । ‘सानैदेखि म्युजिक सिक्ने चाहना थियो । त्यही पढ्छु सोचेको थिएँ । एकजना भुटानी साथीले डाक्टर पढम् भने त्यसपछि डाक्टर पढ्छु भनेर लागेँ,’ उनले भने, ‘मैले डाक्टर पढेँ, उसले अर्कै बढ्यो ।’
उनले हालसम्म बाइपासदेखि ब्ल्यु फ्रेट नामक क्रियाशील सांगीतिक समूहमा काम गरिसकेका छन् । आफैँ गीत लेख्छन्, गितारमा औंला चलाउँछन्, र धुन पनि आफैँ भर्छन् ।
सबैभन्दा सजिलो भनेको गीत गाउन हुने थापा बताउँछन् । ‘म सानो हुँदाखेरि सबैभन्दा सजिलोसँग आएको भनेकै गाउन हो । डाक्टरी भनेको कुरा त धेरै पछि आएको कुरा हो,’ उनले भने ।
सांगीतिक यात्राको सुरुवाती दिन सम्झिँदै थापाले भन्छन्, ‘बीचमा केही खान जानुहुन्थ्यो । मैले चाहिँ गितार बजाएर खेल्थेँ ।’
डाक्टर बनेपछि जति बेला पनि गीत गाउन मन लाग्ने सुमन सुनाउँछन् । ‘गायक त पहिलादेखि नै थिएँ । खाली गाउन मन लाग्थ्यो । पढ्न मन लाग्थेन । र, म्युजिसियन नै भएर जीवन बिताउन मन लागेको थियो । तर, डाक्टर पढ्दा धेरै गाह्रो भयो । सुरुमा फेल पनि भइयो । किनकि पढाइमा मन पनि थिएन । जति बेला पनि गाउन मन लाग्थ्यो,’ उनले भने ।
सानैदेखि गीत गाउन सुरु गरेको उनले सुनाए । ‘कसरी आयो थाहा भएन । केही म्युजिक सुन्यो, केही गाना सुन्यो । सानो हुँदाखेरि गाइयो होला । तर, गाउन चाहिँ सानै देखि एकदमै गाइरहेको हो,’ उनले भने ।
कलकत्तामा पिएचडी सकेपछि उनी काठमाडौँ फर्किएका थिए । त्यसपछि उनले ‘बाइपास’ समूहसँग संलग्न रहेर आफ्नो सांगीतिक रहरलाई अगाडि बढाएका थिए । सांगीतिक यात्रा मात्रै अगाडि बढाइरहेका थिए । त्यसपछि उनी वीर अस्पतालमा जोडिएका थिए । ‘म डाक्टर बनेर फर्किएपछि गायन क्षेत्रमा मात्रै थिए । साथीहरूले बिग्रियो भनेर वीर अस्पतालमा काम गर्न लगाए । त्यसपछि केही समय त्यसैमा लागेँ,’ उनले भने ।
थापाले वीर अस्पतालदेखि मणिपाल अस्पतालसम्म काम गरे पनि गायनको भोक भने मेट्न सकेनन् । उनले विदेश गएर जलविन्दु रोगका अध्ययन गरेर फर्किएका सुमन अहिले पनि सांगितिक यात्रामा क्रियाशील छन् ।

शिक्षकका समस्या वार्ताको माध्यमबाट यथाशीघ्र समाधान गर्न माग

नेपालमा ‘अन्तर्राष्ट्रिय वातावरणीय पेशाविद दिवस’ मनाइयो

ब्यूरोले एआईमार्फत सामाजिक सञ्जालबाट चरित्रहत्या गर्नेलाई सार्वजनिक कारबाही ग…

विमानस्थलबाट गाँजासहित एक पक्राउ

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस्

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया