सोमबार १२ साउन, २०८२
Monday, July 28, 2025

महासमिति बैठक बहिष्कार गरेका ६ शुभेच्छुक संस्था र सभापति देउवाबीच सहमति

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको महासमिति बैठक बहिष्कार गरेका ६ शुभेच्छुक संघसंस्था महासमिति बैठकमा सहभागी हुने भएका छन् । 

सोमबार साँझ नेपाली कांग्रेसको पदाधिकारी बैठकले उनीहरूलाई महासमिति सदस्यमा कांग्रेसको विधान अनुसार गर्ने भएपछि बैठकमा सहभागी हुने भएको शिक्षक संघका अध्यक्ष सोमनाथ गिरीले जानकारी दिए ।

उनले भने, `साँझ सभापति शेर बहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाउन गएका थियौं, तत्काल पदाधिकारी बैठक बसेर हाम्रो माग सम्बोधन गर्ने सहमति भयो । ´

कांग्रेसका शुभेच्छुक संघ संस्था नेपाल ट्रेड युनियन, नेपाल शिक्षक संघ, नेपाल प्रेस युनियन, नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन, सेन्टर फर डेमोक्रेटिक ईन्जिनियरर्स नेपाल र प्रजातान्त्रिक चिकित्सक संघले महासमिति बैठक बहिष्कार गरेका थिए । 

यी संस्थाहरूमा नयाँ कार्यसमिति आएपनि पुरानै अध्यक्षहरूले सिफारिस गरेका महासमिति सदस्य महासमिति बैठकमा कायम भएपछि उनीहरूले आपति जनाएका थिए ।' पुरानालाई कायम राख्दै नयाँ अध्यक्ष सहित तीन जना महासमिति बैठकमा सहभागी हुने सहमति भयो' अध्यक्ष गिरिले भने ।

कांग्रेस महासमिति बैठक ललितपुरको गोदावरीमा सोमबारबाट सुरु भएको छ ।