सामसङ कम्पनीका कर्मचारीहरू हडताल गर्ने तयारीमा

काठमाडौँ- सामसङ इलेक्ट्रोनिक्सका कर्मचारीहरू हडतालमा उत्रने तयारी गरिरहेका छन् ।
सामसङ इलेक्ट्रोनिक्सका व्यवस्थापन तथा मजदुर संघबीच पारिश्रमिकलाई लिएर सहमति जुट्न नसकेपछि कर्मचारीहरू हडतालमा उत्रने तयारीमा जुटेको आईएएनएसले जनाएको छ ।
टेक्नोलोजी जायन्ट सामसङका व्यवस्थापन तथा नेसनल सामसङ इलेक्ट्रोनिक्स युनियनको मंगलबार भएको छैटौं चरणको वार्ताले पनि पारिश्रमिक बढाउने कुरामा सहमति जुटाउन नसकेको बताइएको छ ।
व्यवस्थापन पक्षले पारिश्रमिकमा २.५ प्रतिशत बढाउने जनाएपनि युनियनले भने ८.१ प्रतिशत वृद्धि गरिनुपर्ने अडान लिएको छ ।
सन् १९६९ मा स्थापना भएको सामसङ इलेक्ट्रोनिक्सको युनियनमा १७ हजार कर्मचारी आबद्ध रहेका छन् ।

सुनचाँदीमा लगाइएको विलासिता करको विरोधमा काठमाडौँमा प्रदर्शन (भिडियो)

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

सुशासन कायम गर्नसके राजस्व बढ्छ

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो

'सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता गर'

बाफियाबाट बैंकर र व्यवसायी छुट्याइए आर्थिक गतिविधि नै प्रभावित बन्ने महासंघ अ…

प्रतिक्रिया