३००० बिन्दु चुमेर सामान्य अंकले घट्यो नेप्से, कारोबार करिब १७ अर्ब

काठमाडौँ : सुरुवाती कारोबारमा तीन हजार अंक पार गरेर नेप्से परिसूचक अन्तिममा सामान्य अंकले घटेको छ । १३.५६ अंकले घटेर नेप्से २९४६ बिन्दुमा पुगेको हो । कारोबारमा आएकामध्ये ६ समूहका परिसूचकमा वृद्धि भयो । त्यसबाहेकका समूह कमजोर बने ।
आठ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । युनाइटेड मोदी हाइड्रोपावर, नेपाल इन्स्योरेन्स कम्पनी, रिदी हाइड्रोपावर, सिएचडिसी, अरुण भ्याली हाइड्रोपावर, बरुण हाइड्रोपावर, पोखरा फाइनान्स र प्रभु फाइनान्सको सेयर मूल्यमा नौ प्रतिशतभन्दा बढी दरमा वृद्धि भएको छ । युनाइटेड इदी मर्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छ ।
एक लाख ५५ हजार दुई सय ३९ पटकको कारोबारमा तीन करोड १३ लाख ५४ हजार २२ कित्ता सेयर किनबेच भएको छ । यसबीच करिब १६ अर्ब ९९ करोड रुपैयाँ सेयर कारोबार भएको छ । अरुण भ्यालीको सेयर कारोबार उच्च छ । यसको करिब ८८ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ६१ करोड रुपैयाँ बराबर सेयर किनबेच भएको छ ।

‘टेक एण्ड पे’ विद्युत खरिद सम्झौता (पीपीए) नीति हटाउने निर्णय भएसँगै आन्दोलन …

'नेपाल म्याङ्गो फेस्ट– २०२५' हुँदै

उदयपुरका आठ पालिकामा छ अर्ब ६२ करोड बजेट

११ महिनामा ९२ करोड राजस्व सङ्कलन

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कालीकोटका नौवटै पालिकाको बजेट करिब चार अर्ब

गभर्नर पौडेलको सम्पत्ति विवरणः सात कम्पनीमा शेयर लगानी

प्रतिक्रिया