युरो नजिकिँदै गर्दा स्पेन र स्विडेनका खेलाडी कोभिड-१९ संक्रमणमा

काठमाडौँ: युरो २०२० नजिकिँदै गर्दा स्पेनीमा टोलीमा कोभिड-१९ संक्रमणमा पर्ने खेलाडीको संख्या पनि बढेको छ । यस्तोमा रक्षक डिएगो लोरेन्टे कोभिड-१९ संक्रमणमा पर्ने दोस्रो स्पेनी खलाडी बनेका छन् । केही दिनअघि कप्तान सर्जियो बुस्क्वेट्समा पनि कोभिड पोजिटिभ देखिएको थियो ।
स्पेनले समूह इ को आफ्नो पहिलो खेलमा सोमबार राती स्विडेनको सामना गर्दैछ । स्पेनको विपक्षी स्विडेनले पनि कोभिड-१९ का कारण खेलाडी गुमाएको छ । युभेन्टसका विङ्गर डेजान कुलुसेभेस्कीमा पनि कोभिड पोजिटिभ देखिएको छ । त्यसअघि नै रक्षक माटिएस स्भानबेर्ग कोभिड-१९ को संक्रमणमा परी टिमबाट बाहिरिसकेका थिए ।
स्पेनी क्याम्पमा कोभिड-१९ संक्रमितहरुको संख्या बढ्ने बताइएको छ । स्पेनी फुटबल संघका अध्यक्ष लुइस रुबिएलसले लोरेन्टेबारेमा जानकारी दिँदै आगामी दिनमा अन्य खेलाडीमा पनि पोजिटिभ देखिन सक्ने बताएका हुन् । बुस्क्वेट्समा पोजिटिभ देखिएपछि स्पेनका सबै खेलाडीलाई आइसोलेसनमा राखिएको छ । उनीहरूलाई पाँच-पाँचजनाको समूहमा अभ्यास गराइदै आइएको छ । दुई खेलाडी टिमबाट बाहिरिएपछि स्पेनले गोलरक्षक केपा र राउल अल्बियोललाई युरोमा सहभागी गराउने सम्भावना छ ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया