सिन्धुलीमा स्वास्थ्य चौकी पुनर्निर्माणका लागि जापानी सहयोग
काठमाडौँ - सिन्धुलीमा नयाँ स्वास्थ्य चौकी निर्माणका लागि नेपाल र जापान सरकारबीच सहमति भएको छ । काठमाडौंस्थित जापानी राजदूतावासमा आज स्वास्थ्य चौकी निर्माणका लागि हस्ताक्षर भएको हो ।
जापानका राजदूत किकुता युताका र सहकार्य नेपालकी सिरमला तामाङले अनुदान सम्झौतामा हस्ताक्षर गरेका छन् । स्वास्थ्य चौकी निर्माणका लागि जापानले नेपाली ९७ लाख अनुदान सहयोग गरेको छ ।
गोलन्जोर गाउँपालिका वडा नम्बर १ मा रहेको स्वास्थ्य चौकीको पुनर्निर्माणमा जापान सरकारले सहयोग गरेको छ । जुन स्वास्थ्य चौकी ४० वर्षअघि निर्माण भएको थियो । जुन जीर्ण अवस्थामा छ ।
नयाँ पुनर्निर्माण हुने स्वास्थ्य चौकी आवश्यक सबै चिकित्सा सेवासहितको हुनेछ ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया