सोमबार १२ साउन, २०८२
Monday, July 28, 2025

कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै

फाइल तस्बिर

ललितपुर- नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाइएको छ ।

सहमहामन्त्री जीवन परियारका अनुसार केही बेरमा बैठक बस्न लागेको हो । महासमिति बैठकको विषय केन्द्रित छलफलका लागि बैठक बस्न लागेको उनले जानकारी दिए । 

बैठक गोदावारीमै बस्न लागेको जनाइएको छ । 

सोमबारबाट सुरू भएको कांग्रेस महासमिति बैठक आजै सक्ने तयारी छ ।