माछापुच्छ्रे बैंकद्धारा भिडियो केवाईसी सेवाको शुभारम्भ

काठमाडौँ- माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै भिडियो केवाईसी सेवाको शुभारम्भको गरेको छ । उक्त सेवाको सुरुवातसँगै नयाँ ग्राहकहरूले अनलाइनमार्फत खाता खोली भिडियो केवाईसीमार्फत आफ्नो पहिचान गरी खाता सञ्चालन गर्न सक्ने जनाएको छ ।
भिडियो केवाईसीमार्फत खाता खोल्दा ग्राहकहरू बैंकमा केवाईसी फर्म भर्न तथा नयाँ खाता खोल्न बैंकसम्म आउनु नपर्ने जनाएको छ । यो सेवाबाट देशभित्रै वा विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरूले विश्वको कुनै पनि ठाउँमा बसेर २४ घण्टा नै अनलाइनबाटै बैंकमा खाता खोल्न र भिडियो केवाईसी सेवामार्फत आफ्नो खाता एक्टिभेट गर्न सक्नेछन् ।
साथै सेवाबाट नयाँ खाता खोल्दा आवश्यक पर्ने कागजातहरू प्रमाणित गर्न तथा ग्राहक पहिचान गर्न अनलाइन भिडियोमार्फत गर्न सकिने बताइएको छ । हाल बैंकले ग्राहकलाई अनलाइन खाता खोल्ने सुविधा दिइरहेको छ जसमा भिडियो केवाईसी सेवाको उपयोग गरी बैंकसम्म पुग्नु पर्ने झन्झट हटेको छ ।

लक्ष्मी सनराइज बैंक एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपाल पेमा आवद्ध

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी र चेपे जलविद्युत् आयोजनाको वित्तीय व्…

एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवे सुचारु

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_fg9bEhiUas_zn2u1up65an3k9yivlupy6zlhebfubircpwczh0zqrfptsnqvzqigf0pokdw.png)
कुमारी बैंकले ल्यायो 'टपअप र फोनपे डाइरेट गरौँ, बम्पर उपहार जितौँ' योजना

प्रतिक्रिया