मध्य गाजाको नुसिरात शरणार्थी शिविरमा इजरायली आक्रमण, १७ को मृत्यु

गाजा - मध्य गाजापट्टीको नुसिरात शरणार्थी शिविरकाे एक घरमा इजरायलले पुनः गरेको हवाई आक्रमणमा कम्तीमा १७ प्यालेस्टिनी मारिएको र अन्य ३४ जना घाइते भएको स्थानीय चिकित्सा स्रोतले बताएको छ ।
स्रोतले उद्धार प्रयास जारी रहेको र हताहत हुनेमा महिला र बालबालिका पनि रहेको बताएको छ । पीडितहरूलाई देइर अल–बलाह सहरको अल–अक्सा शहीद अस्पतालमा सारिएको छ ।
प्रत्यक्षदर्शीहरूले एक इजरायली युद्धक विमानले धेरै विस्थापित परिवारलाई आश्रय दिइरहेको घरमा अनेकौँ मिसाइल प्रहार गरेको बताएका छन् । ठूलो विस्फोटबाट भवन ध्वस्त भएको र शिविरको पश्चिमी भागमा छिमेकीको घरमा गम्भीर क्षति पुगेको छ ।
यसैबीच हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै गाजापट्टीमा इजरायली आक्रमणमा मर्ने प्यालेस्टिनीहरूको सङ्ख्या बढेर २९ हजार तीन सय १३ पुगेको र ६९ हजार तीन सय ३३ जना घाइते भएको जनाएको छ ।
रासस

थाइल्याण्ड-कम्बोडियालाई भिडन्तमा शिव मन्दिर विवादको १०० वर्षको संघर्ष, अहिलेसम्म…

गतवर्ष मात्रै २ लाख ६ हजार बढी भारतीयले त्यागे नागरिकता

संयुक्त राष्ट्रसङ्घले बेलायतलाई ‘प्यालेस्टाइन एक्सन’ माथिको प्रतिबन्ध पुनर्विचार ग…

इन्डोनेसियामा पछिल्ला बीस वर्षयताकै सबैभन्दा कम गरिबी दर

अमेरिकामा तलब वृद्धिको लाभ उच्च–आय वर्गमा सीमित : अध्ययन

फ्रान्सले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने राष्ट्रपति म्याक्रोको घोषणा

हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो

प्रतिक्रिया