सिटी एक्सप्रेसको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न

काठमाडौँ- सिटी एक्सप्रेस मनी ट्रान्सफरले काठमाडौँस्थित मेरियोट होटलमा 'विदेशबाट सिटी पठाऔँ, पठाको भन्दा १० गुणा बढी पाऔँ' योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । 'विदेशबाट सिटी पठाऔँ, पठाको भन्दा १० गुणा बढी पाऔँ' योजना अन्तर्गत मेगा बम्पर उपहार साउदी अरबबाट रेमिटेन्स पठाउने राजु तामाङलाई पाँच लाख तीस हजार सात सय पचास रुपैयाँ र कोरियाबाट रेमिटेन्स पठाउने सुबाश लिम्बुलाई एक लाख रुपैयाँ हस्तान्तरण गरिएको छ ।
उक्त कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका साझेदार साउदीस्थित टेलिमनी बैंकबाट फाहाद अब्दुल्लाह अल्जोवैद, नेपाली चर्चित हास्य कलाकार साथै सिटी एक्स्प्रेस मनी ट्रान्सफरका ब्राण्ड एम्बेसडर जितु नेपालको उपस्थिति रहेको थियो ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत असोज १५ देखि मङ्सिर १५ गतेसम्म चल्ने गरी समस्त नेपालीहरूको महान् चाड २०८० सालको दशैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरूसँग पर्वको खुसी साट्न लगातार ६१ दिनसम्म चल्ने 'विदेशबाट सिटी पठाऔँ, पठाको भन्दा १० गुणा बढी पाऔँ' उपहार योजना घोषणा गरेको थियो ।
सोही योजनाअन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही रु १००,००० , हरेक हप्ता ५ जनालाई जनही रु २५,००० साथै ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरूलाई जनही रु ५०० को वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको थियो । जसअन्तर्गत ६१०० जनाले दैनिक उपहार ( रु ५०० को वालेट टप् अप ), ४५ जनाले साप्ताहिक उपहार ( जनही रु २५,०००) र २ जनाले मासिक उपहार (जनही रु १००,००० ) जित्न सफल भईसकेका छन् ।
उक्त योजना असोज १५ देखि मङ्सिर १५ गतेसम्म चलेको थियो ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।

नेपालको पहिलो टाइल्स कम्पनीले आफ्नो चौथौं वार्षिक साधारण सभा थाइल्यान्डमा गर्दै

एनसेलले ल्यायो 'बिज सधैं अन' मा मनसुन बिजनेस अफर

हाम्रो पात्रोले अस्ट्रेलियाको रेमिट्यान्स लाइसेन्स प्राप्त गर्यो

धादिङकी पार्वती बनिन् एनसेल करोडपति

बतास एमएडब्ल्यू कमर्सियल भेहिकललाई भोल्भो आइसरको “सर्वश्रेष्ठ वितरक-दक्षिण एसिया…

एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव प…

इनड्राइभले नेपालमा बाढी र पहिरोबाट पीडितहरूलाई घरहरू हस्तान्तरण गर्यो

प्रतिक्रिया