कारागारमा रहेका क्रेमलिनका आलोचकद्वारा नाभाल्नीको मृत्युपछि ‘निराशा’ विरुद्ध चेतावनी

गाजा - कारागारमा रहेका विपक्षी राजनीतिज्ञ भ्लादिमिर कारा–मुर्जाले बिहीबार रुसीहरूसँग आर्कटिक कारागारमा एलेक्सी नाभाल्नीको मृत्यु भए पनि लोकतन्त्रका लागि लडिरहन आग्रह गरेका छन् ।
गत साता नाभाल्नीको मृत्युले रुसको विपक्षमा निराशा उत्पन्न गराएको छ । यिनीहरूमा अधिकांश निर्वासन र कारागारमा छन् वा मरिसकेका छन् । “तर्कसङ्गत वा भावनात्मकरूपमा के भएको हो भन्नेबारे मैले अझै पनि बुझ्न सकेको छैन तर हामी उदासी र हताससामु झुक्यौँ भने उनीहरू त्यही चाहन्छन् । हामीलाई यस्तो गर्ने कुनै अधिकार छैन, हामी हाम्रा लडेका साथीहरूप्रति आभारी छौँ”, कारा–मुर्जाले भने ।
रुस र बेलायतको दोहोरो नागरिकता भएका कारा–मुर्जालाई गत वर्ष २५ वर्षको कारागार सजाय सुनाइएको थियो । यो राष्ट्रपति भ्लादिमिर पुटिनको कारागारमा रहेका सबै आलोचकहरूको तुलनामा सबैभन्दा लामो ज्ञात सजाय हो ।
कारा–मुर्जा अर्का विपक्षी राजनीतिज्ञ बोरिस नेमत्सोभका पनि निकट थिए । उनकाे सन् २०१५ मा क्रेमलिननजिकै हत्या गरिएको थियो । साथै गत साता नाभाल्नीको मृत्युले रुसमा कैदमा रहेका क्रेमलिनका आलोचकहरूका लागि भय उत्पन्न गराएको छ ।
कारागारमा कारा–मुर्जाको स्वास्थ्य बिग्रिएको छ । उहाँका वकिलहरूका अनुसार दुई पटक विष दिइएकाले उनी गम्भीर स्वास्थ्य समस्याले पीडित छन् । यद्यपि साइबेरियाको कारागारबाट कारा–मुर्जाले ‘रुसलाई सामान्य, स्वतन्त्र युरोपेली लोकतान्त्रिक मुलुक बनाउने’ आशा व्यक्त गरे । “एलेक्सीले भनेका छन्, हार नमान्नुहोस्, हार मान्नु असम्भव छ”, उनले भने । रासस

ट्रम्प प्रशासनको निर्णय : हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको प्रवेशमा प्रत…

चीन र फ्रान्सका कम्पनीबीच निष्पक्ष प्रतिस्पर्धा हुनुपर्छ : राष्ट्रपति म्याक्रोँ

म्यान्मामा ‘कू’विरोधी लडाकुको आक्रमणमा पूर्वजनरलको मृत्यु

गाजामा ९० ट्रकमा सहायता ट्रक पठाइयो : राष्ट्रससंघ
सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो

दक्षिण कोरियाः एक व्यक्तिद्वारा तीन प्रहरी अधिकारीमाथि छुरा प्रहार

चीनमा पहिरोमा परी चार जनाको मृत्यु

प्रतिक्रिया