विक्रम हुमागाईंले सम्हाले रौतहट सशस्त्र प्रहरीको कमाण्ड

रौतहट- सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईंले रौतहट जिल्लास्थित सशस्त्र प्रहरीको कमाण्ड सम्हालेका छन् । एसपी हुमागाईंले सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटको प्रमुखको रूपमा जिम्मेवारी सम्हालेका हुन् ।
सशस्त्र प्रहरी बल बराह बाहिनी मुख्यालय सुनसरीबाट सरुवा भएर आएका एसपी हुमागाईं विधिवत् रूपमा बुधबार सशस्त्र प्रहरी रौतहटको प्रमुखको जिम्मेवारी सम्हालेका हुन् । २०५९ सालमा उनी इन्स्पेक्टरबाट सशस्त्र प्रहरी सेवामा प्रवेश गरेका थिए ।
यसअघि सशस्त्र प्रहरी रौतहटका जिल्ला प्रमुख एसपी माधव रेग्मीको सशस्त्र प्रहरी बल नेपाल प्रशासन कार्यालय सीमा सुरक्षा विभाग काठमाडाैँ सरुवा भएको छ ।

बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

रकम हिनामिना कसुरमा एक जना पक्राउ

रक्तसञ्चार गुणस्तरका मापदण्ड पालना गरेका छौँ : रेडक्रस सोसाइटी

विद्यार्थीका सृजनाले उनीहरूलाई उत्प्रेरित गरेको छ : उपप्रमुख डङ्गोल

कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण आजदेखि प्रसारण हुने

लामिछानेको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरी प्रधान कार्यालय तानिए

कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

प्रतिक्रिया