महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ- महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जना पुरूषलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले एक जना पुरूषलाई पक्राउ गरेको प्रवक्ता एवं एसपी दिपकराज अवस्थीले जानकारी दिए।
पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर ४ घर भई काठमाडौं टोखा नगरपालिका वडा नम्बर ११ बानियाटार बस्ने २७ वर्षीय किरण थापा छन्।
एसपी अवस्थीका अनुसार थापा र ती पीडित महिला सामाजिक सञ्जालमार्फत साथी बनेका थिए। त्यसक्रममा उनीहरूबीच लामो समय कुराकानी भएपछि मेसेन्जरमा गोप्य फोटो तथा भिडिओ सामग्री साटासाट भएको थियो।
तर सम्बन्ध बिग्रिएपछि भने थापाले पीडितको चरित्र हत्या गर्न आफन्तलाई ती तस्बिर/ भिडिओ पठाएको पाइएको हो। यसरी सामाजिक तथा व्यक्तिगत जीवनमा गम्भीर असर हुने गरी चरित्र हत्या गरेको भन्दै पीडितले ब्युरोमा जाहेरी दिएकी थिइन्।
त्यसमाथि अनुसन्धान गरी प्रहरीले थापालाई बुधबार गोंगबुबाट पक्राउ गरेको थियो। उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धान अघि बढाएको छ ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया