चैत १ बाट अभियान सञ्चालन गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले चैत १ गतेबाट विभिन्न अभियान सञ्चालन गर्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी कमिटी बैठकले तराई मधेस जागरण अभियान, उत्तर दक्षिण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
त्यस्तै प्रदेशले आफ्नै तरिकाले वृहंगम जनपरिचालन गर्ने गरी प्रदेशकै योजना कार्यक्रम सञ्चालन हुने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । त्यस्तै माओवादीले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत खट्ने कार्यकर्ता र नेतालाई सम्मान गर्ने उनले बताए ।
उनले पार्टी अभियानमा राम्रो गर्नेलाई सम्मान पत्र दिने, ठिकै गर्नेलाई धन्यवाद दिने, राम्रो गर्नुस् भन्ने, नराम्रो गर्नेलाई कारबाही गर्ने, घटुवा निलम्बन, चेतावनीसम्म हुन सक्ने जिकिर गरे । मधेशमा विश्वासको मत, सिराहा समस्यालगायतका विषयमा आगामी बैठकमा छलफल हुने प्रवक्ता सापकोटाले जानकारी दिए ।
त्यस्तै उनले कांग्रेसको महासमितिलाई पार्टीले नियालिरहेको भन्दै कांग्रेसभित्रको गठबन्धनको छलफलले कुनै अन्तर नपर्ने जिकिर गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया