सिटिजन लाइफ इन्स्योरेन्सद्वारा ‘एम्.डी.आर.टी’ कार्यक्रम सम्पन्न

काठमाडौँ- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पोखरास्थित, ल्यान्डमार्क होटलमा दुई दिनको 'एम्.डी.आर.टी., २०२४' कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । उत्कृष्ट सेवा प्रदान गर्दै आएका सिटिजनका लिडरहरूको क्षमता विकास गर्ने उद्देश्य भई सो कार्यक्रमको मुख्य कार्यसूचीमा समय व्यवस्थापन, जीवन व्यवस्थापन, मानसिक जागरुकता तथा खानपिन सुधार संलग्न रहेको थियो । उक्त कार्यक्रममा ७० भन्दा बढी सक्रिय सिटिजन लिडरहरूले उपस्थिति जनाएका थिए ।
यस कार्यक्रमका मुख्य वक्ता डा. योगी विकाशानन्द थिए । उनी मनोक्रान्ति संस्थाका संस्थापक र गुरु समेत हुन् । उनले 'संसार परिवर्तन गर्नुछ भने पहिले आफूलाई परिवर्तन गर्नुपर्छ' भन्ने प्रसंग जोड्दै आफ्नो कार्यमा सफल हुनका लागि सकारात्मक सोच लिएर अगाडि बढ्नुपर्ने बताए । यस सँगै सिटिजन लाइफ इन्स्योरेन्सका ब्रान्ड एम्बेस्डर महजोडीद्वारा सिटिजन लिडरहरूलाई प्रेरणाका रूपमा मान्छेलाई संगतले निकै असर गर्छ र सिटिजन परिवारभित्र एकदमै राम्रो र प्रेरणात्मक वातावरण भएकाले यस संस्थामा आबद्ध भएका कर्मचारीहरूले एकअर्कालाई समाजको उन्नति र आफ्नो कार्यप्रति सकारात्मक सोच राख्नका लागि प्रोत्साहन गर्दै आएको देखेको बताए ।
यसलगत्तै उक्त कार्यक्रममा एम्.डी.आर.टी. मा सहभागी हुन आवश्यक मापदण्ड पुगेका सफल सिटिजन लिडरहरू (१९ जना एम्.डी.आर.टी. क्वालिफायर र १ जना सि.ओ.टि. क्वालिफायरलाई खादा, प्रमाणपत्र र पुरस्कारसहित सम्मानित गरियो ।
उक्त कार्यक्रमको समापनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले नवीनताको आधारमा सिटिजन लाइफअघि रहेको र कम्पनीले सफलता हासिल गर्नमा यस कम्पनीका सिटिजन लिडरहरूको मुख्य भूमिका रहेको बताउँदै सो सभामा उपस्थित सिटिजन लिडरहरूलाई धन्यवाद ज्ञापन गरे । उनले कम्पनीको सबैभन्दा ठूलो शक्ति, कर्मचारीहरूको नैतिकता रहेकाले भविष्यमा पनि आफ्नो नैतिकतालाई प्रथम प्राथमिकता दिने कुरामा जोड दिए ।

मंगलम इन्डष्ट्रिजलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा क्याम्पा कोला उत्पादन

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

प्रतिक्रिया