महाधिवेशन तयारीबारे छलफल गर्न जसपाको बैठक बस्दै

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दैछ । बैठकमा आसन्न राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल हुने बताइएको छ ।
पार्टी कार्यालय बालकुमारीमा बिहीबार रातिसम्म भएको बैठकमा राष्ट्रिय महाधिवेशनलाई कसरी सफल बनाउने, नेताहरुको जिम्मेवारी बाँडफाँट गर्नेलगायत विषयमा छलफल भएको पार्टीका कार्यकारिणी सदस्य प्रकाश अधिकारीले जानकारी दिए ।
'बिहीबारको बैठकमा पार्टीको महाधिवेशन तयारीका लागि मस्यौदा समिति बनाउने, व्यवस्थापनलगायत मुलुकको समसामयिक परिस्थितिबारे छलफल भएको छ' उनले भने 'आज बैठक बसेर औपचारिक निर्णय गर्नेछौँ ।'
जसपाको राष्ट्रिय महाधिवेशन आगामी जेठ २८, २९ र ३० गते आह्वान गरिएको सो पार्टीले जनाएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया