गाजामा युद्धविराम गराउनु पर्ने चीनको माग, युद्ध नरोक्न अमेरिकन भिटोमा आपत्ति

न्युयोर्क - गाजामा इजरायली हमला तत्काल रोक्न चीनले माग गरेको छ ।
चीनले प्यालेस्टाइनी भुमीमा इजरायली हमलाले हजारौं निर्दोषको ज्यान गएको भन्दै त्यसलाइ रोक्नु पर्ने जनाएको हो ।
‘गाजामा तत्काल युद्धविराम अन्तर्राष्ट्रिय समुदायको ‘साझा चाहना’ हो, चीनका राष्ट्रसंघीय राजदूत झाङ जुनले भने
संयुक्त राष्ट्र सुरक्षा परिषद्मा बोल्दै संयुक्त राष्ट्रका लागि चीनका प्रतिनिधि झाङ जुनले गाजामा युद्धविराम ‘निर्दोष जीवन बचाउन र व्यापक युद्ध रोक्नको लागि अत्यावश्यक आवश्यकता’ भएको बताएका हुन् ।
गाजामा तत्काल युद्धविरामको लागि आह्वान गर्ने प्रस्तावमा बुधबार आफ्नो भिटो प्रयोग गरेकोमा अमेरिकाको चीनले तीव्र आलोचनासमेत गरेको थियो । उसले वाशिंगटनलाई जिम्मेवार मनोवृत्ति देखाउन र स्थापित सहमतिको सम्मान गर्न पनि आह्वान गरेको छ ।
उनले भने, ‘अन्तर्राष्ट्रिय समुदायले व्यक्त गरेको साझा इच्छा र काउन्सिलको भारी बहुमतको सहमति तत्काल युद्ध विराम हो।’

ट्रम्प प्रशासनको निर्णय : हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको प्रवेशमा प्रत…

चीन र फ्रान्सका कम्पनीबीच निष्पक्ष प्रतिस्पर्धा हुनुपर्छ : राष्ट्रपति म्याक्रोँ

म्यान्मामा ‘कू’विरोधी लडाकुको आक्रमणमा पूर्वजनरलको मृत्यु

गाजामा ९० ट्रकमा सहायता ट्रक पठाइयो : राष्ट्रससंघ
सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो

दक्षिण कोरियाः एक व्यक्तिद्वारा तीन प्रहरी अधिकारीमाथि छुरा प्रहार

चीनमा पहिरोमा परी चार जनाको मृत्यु

प्रतिक्रिया