मध्य गाजामा इजरायली बमबारीमा ४० को मृत्यु

गाजा - मध्य गाजापट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु र एक सय जना घाइते भएको गाजामा हमासद्वारा सञ्चालित सरकारको मिडिया कार्यालयले जनाएको छ ।
प्यालेस्टिनी सुरक्षा स्रोतका अनुसार इजरायली विमानहरूले दिर अल–बाला सहरमा धेरै आवासीय घरमा हमला गर्दा घरहरू पूर्णरूपमा क्षतिग्रस्त भएका छन्
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले पीडितहरूको शवलाई अल–अक्सा शहिद अस्पतालमा सारिएको बताएको छ । सुरक्षा स्रोतहरूले इजरायली आक्रमणमा छिमेकमा गम्भीर क्षति पुर्याएपछि मानिसहरूलाई बचाउन एम्बुलेन्स र नागरिक सुरक्षा टोली आक्रमण भएको स्थानमा पुगेको बताएका छन् ।
चिकित्सा स्रोतहरूका अनुसार अल–अक्सा शहीद अस्पताल अहिले हजारौँ घाइते, बिरामी र विस्थापित मानिसहरूले भरिएको छ ।

चीन र फ्रान्सका कम्पनीबीच निष्पक्ष प्रतिस्पर्धा हुनुपर्छ : राष्ट्रपति म्याक्रोँ

म्यान्मामा ‘कू’विरोधी लडाकुको आक्रमणमा पूर्वजनरलको मृत्यु

गाजामा ९० ट्रकमा सहायता ट्रक पठाइयो : राष्ट्रससंघ
सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो

दक्षिण कोरियाः एक व्यक्तिद्वारा तीन प्रहरी अधिकारीमाथि छुरा प्रहार

चीनमा पहिरोमा परी चार जनाको मृत्यु

अमेरिकामा धार्मिक लगानीमा सार्वजनिक विद्यालय निर्माण गर्न रोक

प्रतिक्रिया