सोमबार ०८ बैशाख, २०८२
Monday, April 21, 2025

रेखा थापा आमा बनिन्

काठमाडौँ - अभिनेत्री रेखा थापा आमा बनेकी छन्। 

रेखाले सामाजिक सञ्जालमा शुक्रबार केही तस्बिर सार्वजनिक गर्दै आफू आमा बनेको जानकारी दिएकी हुन्। उनले आज नै अमेरिकामा छोरीलाई जन्म दिएकी छन्। 

'हेर आकाशमा कालो बादल वरिपरि चाँदीको घेरा छ, हेर धर्तीमा तिमी जन्मनुको महान कारण,' उनले लेखेकी छन्। रेखाले आफ्नी छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन्। 

रेखाले २०७८ सालमा बलराम शाही ठकुरीसँग विवाह गरेकी थिइन्।