आइएमई पेको 'स्मार्ट हेल्थ-सुरक्षित भव' नामक डिजिटल बीमा सुविधा

काठमाडौँ- आइएमई पेले आइजीआई प्रुडेन्शियल इन्स्योरेन्ससँगको सहकार्यमा 'स्मार्ट हेल्थ-सुरक्षित भव' नामक नयाँ बीमा सुविधा सार्वजनिक गरेको छ । आइएमई पेमार्फत प्राप्त गर्न सकिने यो सेवाबाट ग्राहकले व्यक्तिगत दुर्घटना बीमा अन्तर्गत बीमित व्यक्ति र तिनका परिवारलाई आकस्मिक चोटपटक वा मृत्युसम्मको अवस्थामा उच्चतम आर्थिक सुरक्षा प्रदान गर्दछ ।
मात्र रु ३ सय ६५ मा प्राप्त गर्न सकिने यो सेवामार्फत उपचारका क्रममा लाग्ने दुई लाख तीस हजार रुपैयाँसम्मको बीमा दाबी प्राप्त गर्न सक्नुका साथै बीमित व्यक्तिले आइएमई पे एपमा उपलब्ध अन्य स्वास्थ्य सेवामा पनि विभिन्न छुटहरू प्राप्त गर्न सक्ने छन् ।
यस व्यक्तिगत दुर्घटना बीमाले दुर्घटनाबाट हुने आकस्मिक मृत्यु, स्थायी असक्षमता, कुल आंशिक असक्षमता, नियमित आम्दानीमा हुने हानि, आकस्मिक चिकित्सा खर्च, शोक व्यय तथा अन्त्येष्टि खर्चहरू समेत समेटेको छ ।
डिजिटल फाइनान्सियल सर्भिसमार्फत बीमाको दायरालाई थप फराकिलो बनाउन सकिने र यो सेवा उक्त कार्यमा एउटा कोसे ढुंगा साबित हुने विश्वास लिएको आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले बताए ।

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

गभर्नर नियुक्ति प्रकरण : के प्रधानमन्त्री ओलीकै आडमा भट्टको राजीनामा स्वीकृत नगर…

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा, ‘प्रीति’, ‘टुपीएम’ सहित…

सुनको मूल्य बढ्यो

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया