विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरूको बर्खास्तीका बारेमा जानकारी गराउन एमालेको माग

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अब बस्ने बैठकमा विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरूको बर्खास्तीका बारेमा जानकारी गराउन माग गरेको छ ।
शुक्रबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा एमाले सचेतक महेश बर्तौलाले बालकुमारी घटनामा छानबिन आयोगले दोषी ठहर्याएका मन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा अख्तियारमा बयान दिएका मन्त्री मोहन बस्नेत र रामग्राम प्रकरणमा मुछिएका मन्त्री सुदन किरातीको बर्खास्तीका बारेमा प्रधानमन्त्रीले अर्को बैठकमा जानकारी गराउन माग गरेका हुन् ।
आफूहरूको माग प्रधानमन्त्रीसँग रहे पनि कतिपय सत्तारूढ सांसद आफैँ प्रधानमन्त्री जसरी बैठकमा प्रस्तुत भएको भन्दै उनले आपत्ति जनाए । उनले एमालेले महत्वपूर्ण कुरा उठाउँदा सरकारले सुने नसुनेको झैं गरेको जिकिर गरे ।
त्यस्तै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदमा कुनै पनि अवरोध नगरी संयमता र धैर्यताका साथ प्रस्तुत हुन प्रतिपक्षी दलहरूलाई आग्रह गरे । संसदमा हुने आरोप प्रत्यारोप र घोचपेचलाई सदनमा स्वाभाविक रूपमा लिएर जानुपर्ने उनले बताए । अधिवेशनबाट धेरै विधेयक पारित गर्नुपर्ने भएकाले सबै मिलेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।
बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठकमा उठेका विषयको सदनलाई जवाफ दिन सरकारलाई निर्देश गरे ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया