अक्सिजन प्लान्ट खरिद गर्न जनस्तरबाट उठ्यो ५ करोड ३६ लाख
भक्तपुर : भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन र आवश्यक स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न बुधबारसम्ममा जनस्तरबाट ५ करोड ३६ लाख ३८ हजार ६ सय ९४ रुपैयाँ बराबरको आर्थिक तथा भौतिक सहयोग प्राप्त भएको छ । बुधबार ९ लाख २१ हजार ८ सय ६३ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको हो ।
त्यस्तै बुधबार भक्तपुर उद्योग वाणिज्य संघले आर्थिक सहायता सहित ३ वटा अक्सीजन कन्सन्ट्रेटर सहयोग उपलब्ध गराएको छ । नगरपालिकाको आह्वानलाई स्वीकार्दै विभिन्न सहकारी संस्था, संघ संस्था र दाताहरूबाट आर्थिक सहयोग प्राप्त भएको हो ।
भक्तपुर नगरपालिकाले ख्वप अस्पताल स्थापन गर्ने अक्सिजन प्लान्टको सामग्री बुधबार भक्तपुर आइपुगेको छ । चीनको छेन्दुबाट बुधबार बिमानबाट ती सामग्री काठमाडौँको त्रिभुवन विमानस्थल ल्याएको हो । ती सामग्री निर्माणाधीन ख्वप अस्पतालको भवन च्यामासिंह राखिएको छ ।

साझा यातायातका १५ जना कर्मचारीमा दृष्टिदोष समस्या

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

प्रतिक्रिया