जापानी दूतावासले मनायो नारूहितोको ६४औँ जन्मोत्सव तथा राष्ट्रिय दिवस

काठमाडौँ- जापानी सम्राट नारूहितोको ६४औँ जन्मोत्सव तथा जापानको राष्ट्रिय दिवस नेपालस्थित जापानी दूतावासले मनाएको छ । शुक्रबार उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा जन्मोत्सव तथा जापानको राष्ट्रिय दिवस दूतावासले मनाएको हो ।
नेपालका लागि जापानका राजदूत युताका किकुताले काठमाडौँको ताहाचलस्थित निवासमा एक कार्यक्रम आयोजना गरेका थिए ।
उक्त कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर, सहरी विकास मन्त्री सीता गुरुङ, पूर्वमन्त्रीहरू, संघीय संसद्का सदस्यहरूलगायतहरूको उपस्थिति रहेको थियो ।
'२०२४ जनवरी १ का दिन जापानमा गएको भूकम्पमा नेपालले देखाएको सहानुभूति र जापानमा रहेका नेपालीहरूले प्रदान गरेको सहयोगका लागि हार्दिक कृतज्ञता व्यक्त गर्दछु' राजदूत किकुताले भने 'सन् २०२६ नेपाल एलडीसीबाट स्तरोन्नति हुने र सोही वर्ष नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठ पनि हुन्छ । स्मरणीय वर्षमा द्विपक्षीय सौहार्दपूर्ण सम्बन्धलाई थप उचाइमा पुर्याउने विश्वास छ ।'
जापान-नेपालबीचको जनताको द्विपक्षीय सम्बन्धलाई बलियो भएकाले स्वागत समारोह मनाउन पाउँदा हामी खुसी भएको राजदूत किकुताले बताए ।
राजदूत किकुता र जाइका नेपाल कार्यालयका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सुले जापानी संस्कृति प्रदर्शन, केन्दो काटा तरवार प्रयोग गरेर जापानी परम्परागत मार्शल आर्ट प्रदर्शन गरेका थिए ।
कार्यक्रममा ३६० जना उपस्थित भएको नेपालस्थित जापानी दूतावासले जनाएको छ ।

नेपाल–चीनबीच मित्रताको नमुनाः नीलकण्ठ माविको पुनःसंरचना

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

प्रतिक्रिया