युक्रेन र डेनमार्कद्वारा सुरक्षा सहयोग र दीर्घकालीन समर्थनका लागि सम्झौतामा हस्ताक्षर

किभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले शुक्रबार दुई देशबीच सुरक्षा सहयोगसम्बन्धी दश वर्षे सम्झौतामा हस्ताक्षर गरेका छन् ।
युक्रेनको पश्चिमी शहर लिभिभमा हस्ताक्षर गरिएको सम्झौता अन्तर्गत डेनमार्कले युक्रेनलाई सन् २०२३/०२८ सम्म ८.५ अर्ब यूरो (झण्डै ९.२ अर्ब अमेरिकी डलर) को सैन्य र नागरिक सहायता प्रदान गर्नेछ ।
सम्झौता अनुसार सन् २०२४ मा १.८ अर्ब यूरो ( झण्डै १.९५ अर्ब डलर) को सैन्य सहयोग प्रदान हुनेछ ।
डेनमार्कले खासगरी युक्रेनको सैन्य क्षमता, समुद्री सुरक्षा, डिमाइनिङ र ड्रोन प्रविधि र रक्षा औद्योगिक आधार विकासलगायतको हवाई रक्षा निर्माण सुदृढीकरण गर्ने प्रयासलाई सहयोग गर्नेछ । (सिन्ह्वा)

चीन र फ्रान्सका कम्पनीबीच निष्पक्ष प्रतिस्पर्धा हुनुपर्छ : राष्ट्रपति म्याक्रोँ

म्यान्मामा ‘कू’विरोधी लडाकुको आक्रमणमा पूर्वजनरलको मृत्यु

गाजामा ९० ट्रकमा सहायता ट्रक पठाइयो : राष्ट्रससंघ
सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो

दक्षिण कोरियाः एक व्यक्तिद्वारा तीन प्रहरी अधिकारीमाथि छुरा प्रहार

चीनमा पहिरोमा परी चार जनाको मृत्यु

अमेरिकामा धार्मिक लगानीमा सार्वजनिक विद्यालय निर्माण गर्न रोक

प्रतिक्रिया