कोपा अमेरिका २०२१ः किन बेखुश छन् ब्राजिल र खेलाडी ?

काठमाडौँ: दक्षिण अमेरिकी फुटबल महासंघ (कोनमेबोल) को सबैभन्दा ठूलो प्रतियोगिता कोपा अमेरिका २०२१ अर्जेन्टिना र कोलम्बियामा आयोजना गर्ने तालिका थियो । गत मे २० मा आयोजकबाट कोलम्बियालाई हटाइयो । त्यसपछि अर्जेन्टिना एकल आयोजक बन्यो ।
तर, अब अर्जेन्टिनालाई पनि कोपा अमेरिका आयोजकबाट हटाइएको छ । र, जिम्मेवारी दिइएको छ, ब्राजिललाई । अर्जेन्टिनामा कोभिड–१९ संक्रमणमा पर्नेको संख्या बढेपछि ब्राजिललाई नयाँ आयोजक चुनिएको हो । तर ब्राजिल पनि कोभिड–१९ महामारीले ग्रस्त छ ।
ब्राजिललाई कोपा अमेरिकाको आयोजकका रुपमा चुनिएपछि त्यसको विरोध भएको छ । त्यो पनि ब्राजिल भित्रबाटै । जसको नेतृत्व गरेका छन् ब्राजिलियन राष्ट्रिय टिमका खेलाडीले । विश्वकप २०२२ छनौटमा गत साता इक्वेडरलाई हराएपछि ब्राजिलका कप्तान कासिमिरोले भनेका थिए, ‘ब्राजिललाई कोपा अकेरिकाको आयोजक बनाइएकोमा हाम्रो विरोध छ । प्रशिक्षक र पूरै टिमको ।’
विरोध गरे पनि ब्राजिलका खेलाडीले प्रतियोगिता बहिस्कार भने नगर्ने बताएका छन् । ब्राजिलियन टिमले विज्ञप्ती जारी गर्दै भनेको छ, ‘कोनमेबोलको निर्णयप्रति हामी सहमत छैनौ । तर त्यसो भन्दैमा ब्राजिलको राष्ट्रिय टिमबाट खेल्ने मौक हामी खेर जान दिनेछैनौ । २० करोड ब्राजिलियन जनताका लागि हामी खेल्नेछौँ।’
किन बेखुश छन् ब्राजिल र खेलाडी ?
अर्जेन्टिना र कोलम्बियाले कोपा अमेरिका आयोजना गर्न सक्दैनन् भन्ने प्रष्ट थियो । अर्जेन्टिना कोभिड–१९ का कारण अस्तव्यस्त छ । उत कोलिम्बयामा राजनीतिक आन्दोलन जारी छ । यस्तोमा नयाँ आयोजना स्थलको आवश्यक छ ।
तर, आयोजक चुनिएको ब्राजिलमा पनि स्थिती फरक छैन । कोभिड–१९ संक्रमणम परी ज्यान गुमाउनेको संख्या बढेको बढ्यै छ । अनि राष्ट्रपति जयर बोलसोनारोविरुद्धको आन्दोलन पनि चर्किँदै गएको छ । यसैबीच ब्राजिलका ठूला प्रान्तहरूले आफूहरूले कोपा अमेरिकाका खेल सञ्चालन गर्न नसक्ने जनाउ दिइसकेका छन् ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया